१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सत्ता गठबन्धनको बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न ४ बजेका लागि गठबन्धनको बैठक बोलाएका हुन् ।

सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धनको बैठक आइतबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको जानकारी दिइन् ।

आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच सिट बाँडफाँटको विषयमा भने सहमति भइसकेको छैन ।

यसअघि गत साता बसेको गठबन्धन बैठकले नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वको कार्यदल बनाएर सिट बाँडफाँटको मोडालिटी बनाउने जिम्मेवारी दिएको थियो । कार्यदलमा पाँच दलका ११ नेता सम्मिलित छन् । तर कार्यदलले पनि सिट बाँडफाँडको विषयलाई गति दिन सकेको छैन ।

सिट बाँडफाँटकै विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनले कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटी तय गर्न जिम्मेवारी दिएको छ भने भदौ पहिलो साताभित्र सिट बाँडफाँटको टुंगो लगाउने गठबन्धनको सहमति छ ।

प्रकाशित : श्रावण २९, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?