कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

त्रिविमा नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुको हस्ताक्षर

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा पटक/पटक गरेको तालाबन्दीको विरोधमा प्रतिपक्ष अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आइतबारदेखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

त्रिविमा नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुको हस्ताक्षर

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्ताक्षर बुझाउने उद्देश्यले सोमबारसम्म संकलन गरिने अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए । त्रिविमा भइरहेको अराजकता र तलाबन्दीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरिएको अनेस्ववियुले जनाएको छ ।

नेविसंघले गत असार २७ मा त्रिविको रजिस्ट्रारको कार्यालय, केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले उक्त तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको हो । यसअघि पनि करिब डेढ सय दिनसम्म नेविसंघ र आंशिक प्राध्यापक संघले त्रिवि उपकुलपतिलगायत पदाधिकारीको कार्यालयमा तालाबन्दी गरेका थिए ।

प्रकाशित : श्रावण २९, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?