१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हाजिर गरेर सांसद बाहिरिँदा प्रतिनिधिसभा बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको बैठक सांसदहरू हाजिर गरेर बाहिरिँदा स्थगित हुन पुगेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या ६९ नपुगेको हो । 

हाजिर गरेर सांसद बाहिरिँदा प्रतिनिधिसभा बैठक स्थगित

सांसदहरू हाजिर गरेर बाहिरिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । गणपूरक संख्याको प्रश्न नेमकिपाका सांसद प्रमेख सुवालले उठाएका थिए । त्यसपछि सांसदहरूको उपस्थिति गणना गर्दा ६७ सांसद मात्रै बैठक हलमा थिए ।

कुनै पनि विधेयक निर्णयार्थ प्रस्तुत गर्नका लागि सम्पूर्ण संख्याको एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या ९० थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकले काठमाडौं उपत्यका सार्वजनिक यातायात र बिमा विधेयक पारित भएका थिए ।

प्रकाशित : श्रावण २९, २०७९ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?