जनमत र दलित जनजाति पार्टीबीच एउटै चुनाव चिन्ह लिने सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जनमत पार्टी र दलित जनजाति पार्टीले एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गरेका छन् ।

जनमत र दलित जनजाति पार्टीबीच एउटै चुनाव चिन्ह लिने सहमति

जनमत पार्टीका अध्यक्ष सिके राउत र पिछडावर्ग दलित जनजाति पार्टीका अध्यक्ष प्रितम मुखियाबीच एउटै चुनाव चिन्ह लिएर चुनावमा भाग लिने सहमति भएको हो ।

जनमत पार्टी र पिछडावर्ग दलित जनजाति पार्टीले साझा चुनाव चिन्ह 'लाउडस्पीकर हर्न' छाप लिएर आगामी निर्वाचनमा जाने सहमति भएको हो ।

उनीहरूबीच साझा चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने र सहकार्य गर्ने सहमति भएको हो । स्थानीय तहको निर्वाचनमा जनमत पार्टी एक्लै निर्वाचनमा सहभागी भएको थियो ।

प्रकाशित : श्रावण २९, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?