३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

१ लाख २० हजारभन्दा बढीले बुझाएनन् स्थानीय चुनाव खर्चको विवरण

अबको चुनावमा खर्चको विवरण नबुझाउनेलाई उम्मेदवार नै बन्नबाट रोक लगाउने तयारी
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गत स्थानीय चुनावमा १ लाख २० हजारभन्दा बढीले निर्वाचन खर्चको विवरण नबुझाएको बताएका छन् । खर्च नबुझाउनेहरुको विवरण केही दिनमा सार्वजनिक गर्ने उनले जानकारी दिए ।

१ लाख २० हजारभन्दा बढीले बुझाएनन् स्थानीय चुनाव खर्चको विवरण

आइतबार काठमाडौंमा सम्पादकहरुसँगको अन्तरक्रियामा उनले अबको चुनावमा खर्चको विवरण नबुझाउनेलाई उम्मेदवार नै बन्नबाट रोक लगाउनेबारे समेत आयोगले छलफल गरिरहेको उनले बताए ।

उनले निर्वाचनको मौन अवधि ४८ घन्टाबाट घटाएर २४ घन्टामा सीमित गर्नेबारे पनि छलफल भइरहेको बताए । त्यस्तै उम्मेदवारले सम्पत्ति विवरण बुझाउनु पर्ने स्वघोषणा गर्नु पर्नेबारे पनि छलफल भइरहेको उनले उल्लेख गरे । प्रतिनिधिसभा र प्रदेशसभामा गरी चार वटा मतपत्र हुने र प्रत्यक्षमा जुन उम्मेदवार हुन्छ उसकै मात्र चिह्न मतपत्रमा हुने उल्लेख गरे।

उम्मेदवारी दर्ता गरेपछि अहिले ३९ दिन समय बाँकी हुन्छ। अब प्रचारप्रसारका लागि त्यसलाई केही मापदण्ड तोकेर १५ दिन मात्र गर्नेबारे पनि कुरा भएको बताए ।

उनले सुरक्षाका लागि सेवानिवृत सुरक्षाकर्मीलाई प्रयोग गर्ने र स्थानीय तहका म्यादीलाई प्रयोग गर्नेबारे प्रस्ताव पठाएको जानकारी दिए । विद्युतीय मतदान मेसिन प्रयोगमा दलहरु इच्छुक नभएकाले यसपटक पनि सम्भव नभएको बताए ।

प्रकाशित : श्रावण २९, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?