ओलीको प्रश्न- यति साह्रो गठबन्धन किन बनाउनुपर्‍यो ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको प्रश्न- यति साह्रो गठबन्धन किन बनाउनुपर्‍यो ?

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन किन विस्तार गर्नुपरेहको हो भनेर प्रश्न गरेका छन् । लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै निर्वाचन पहिल्यै गठबन्धन बनाएको प्रति असन्तुष्टि जनाएका हुन् । 

ओलीले एक्लाएक्लै चुनाव लड्ने र चुनावपछि सरकार गठनका लागि गठबन्धन बनाउनुपर्ने भए पनि एमालेलाई रोक्न गठबन्धन भइरहेको बताएका हुन् । 'पाँच दलीयले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिराख्या छन् । यो गठबन्धन किन बनाउनुपर्‍यो, यति साह्रो गठबन्धन किन बनाउनुपर्‍यो ?,' चुनावमा आफ्नो गठबन्धन लिएर जानुपर्ने र चुनावपछि कसको सरकार बनाउने भन्ने गठबन्धनमा जानुपर्ने उनको भनाइ थियो । 'एमालेलाई बहुमत ल्याउन रोक्नका लागि यो गठबन्धन हो,' उनले थपे ।

एमालेले देशको विकासका योजना लिएर अगाडि बढेको बताउँदै ओलीले त्यसबाट आत्तिएकाहरू गठबन्धन बनाउन लागेको बताए । एमाले सरकार बनाएर मुलुकमा जनताका इच्छा, आवश्यकताहरूलाई बुझेर यिनीहरूलाई पूरा गर्न, देशबाट गरिबी, असमानता, भेदभाव हटाउने सामाजिक न्याय र समृद्धिको चाहनालाई पूरा गर्नका लागि जित्नपर्ने बताए ।

एमालेले संविधान र कानुन बमोजिम सुशासन कायम गर्दै शान्ति र सुरक्षा व्यवस्था कायम गर्ने एवं भ्रष्टाचार नियन्त्रण गर्ने योजना रहेको ओलीले बताए । देशलाई शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासनको बाटोमा देशलाई अगाडि लैजानबाट रोक्न गठबन्धन बनाइएको ओलीको भनाइ थियो ।

प्रकाशित : श्रावण २८, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा पुन

कान्तिपुर संवाददाता

काठमाडौँ — पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन चयन भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको अध्यक्षमा यसअघि गोरखाका हितराज पाण्डे थिए ।

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत (नेकपा माओवादी)का उपाध्यक्ष थिए । उनको ६१ वर्षको उमेरमा २०७१ भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।

बोगटीको नाममा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्यलगायतका सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।

प्रकाशित : श्रावण २८, २०७९ १६:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×