नेपाली साहित्य क्षेत्रमा पुरुषहरूको वर्चस्व तोडिँदै छ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली साहित्यमा विगतदेखि रहेको पुरुष वर्चस्व तोडिदै गएको भन्दै नारी साहित्यकारहरूलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले सरकारले साहित्य, कला र भाषाको विकासका लागि विभिन्न प्रतिष्ठानहरू स्थापना गरेर काम गरिरहेको बताए ।

नेपाली साहित्य क्षेत्रमा पुरुषहरूको वर्चस्व तोडिँदै छ : प्रधानमन्त्री देउवा

शनिबार काठमाडौंमा जापानका लागि नेपालकी पूर्वराजदूत प्रतिभा राणाद्वारा लिखित ‘गहिराई’ र ‘कर्टेन अफ माया’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले पुरुष साहित्यकारहरूको वर्चस्व रहेको नेपाली साहित्य क्षेत्रमा अहिले नारी साहित्यकारहरुको संख्या थपिदै गएको भन्दै प्रशंसा गरे ।

उनले महिला साहित्यकारलाई थप प्रोत्साहन गरेर अघि बढाउनुपर्ने बताए । ‘विगतमा पुरुष साहित्यकारहरूको वर्चस्व थियो । अहिले नारी साहित्यकारहरुको संख्या समेत थपिँदो छ । यो खुसीको कुरा हो । हामीलाई नारी साहित्यहरूलाई थप प्रोत्साहन गरेर अघि बढाउनुपर्छ,’ उनले भने ।

उनले पूर्वराजदूत राणाले एकैपटक नेपाल र अंग्रेजी भाषामा गरी दुई वटा पुस्तक सार्वजनिक गरेको भन्दै आगामी दिनमा नेपाली साहित्यको भण्डार थप अभिवृद्धि गर्न शुभकामना व्यक्त गरे ।

पूर्वराजदुत राणा प्रधानमन्त्री देउवाकी सासुआमा समेत हुन् ।

प्रकाशित : श्रावण २८, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?