देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन : शिक्षामन्त्री पौडेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन : शिक्षामन्त्री पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित 'नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी' अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उाले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताएका हुन् ।

शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिबद्ध रहेको पनि मन्त्री पौडेलले बताए । शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि उनले आग्रह गरे ।

मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्ने बताए । उनले पछिल्लो एसईईको नतिजाले केही कुरामा सुधार गर्न, सिक्न र सच्याउन संकेत दिएको बताए ।

‘नेपालको शिक्षा साँच्चै सुधार्ने नै हो । शिक्षा सुधार्ने हामीले नै हो । साँच्चै शिक्षा सुधार्नको निम्ति मन्त्रायले नीतिगत रुपमा अघि बढाउने कुरा सुझाव लिएर अघि बढ्न तयार छ । विभिन्न कारण देखाएर समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने बेथितिमा शिक्षा प्रणाली जान्छ । देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन । उहाँहरुलाई तालिम दिने हो । नेपालको शिक्षा खत्तम छ भनेर आफैं प्रचार नगरौँ । आफैंले पढाएका छौँ । आफैं विद्यालयमा छौँ, आफैं व्यवस्थापन समितिमा छोँ । हाम्रै छोराछोरी पढ्ने हुन् र हामी नै के भनिरहेका छौँ भने हाम्रो शिक्षा खत्तम छ, क्वालिटीको छैन, विद्यालयहरु राम्रा छैनन् भनिरहेका छौँ । यो हामीले अन्त्य गर्नुपर्छ । यो सक्छौँ र सक्नुपर्छ । इच्छाशक्ति सक्छौँ भन्ने हुनुपर्छ । शिक्षा भनेको सेवाको क्षेत्रहरु सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान मिल्दैन । विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक छ । एसईईको नतिजा पोजेटिभ देखिएपनि भित्र पसेर हेर्दा सन्तुष्ट हुने ठाउँ छैन,’ उनले भने ।

प्रकाशित : श्रावण २८, २०७९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षीय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ ।

घरबाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिबार बिहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

पुरुष मृत फेला

यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री मृत्त फेला परेका छन् ।


वालिङ–१२ लामपात छोराको घरमा हिँडेका न्यौपाने सम्पर्कविहीन भएपछि खोजतलास गर्दा शनिबार बिहान लामपातेस्थित गोरेटो बटोबाट ५० मिटर तल मृत्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७९ १३:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×