३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एमालेको मापदण्ड जित्नेलाई टिकट : नेम्वाङ

आनन्द गौतम

ताप्लेजुङ — नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जित्नेको पहिचान गरी टिकट सिफारिस गर्न जिल्ला कमिटीलाई सुझाव दिएका छन् । नेकपा एमालेले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले चारैतिरबाट घेराबन्दी भइरहेको बेला खुट्टा तान्ने प्रवृत्ति भए झन् क्षति हुने भएकाले त्यसो नगर्न जिल्लाका नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

एमालेको मापदण्ड जित्नेलाई टिकट : नेम्वाङ

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जित्ने उम्मेदवार पार्टीको प्रमुख एजेन्डा भएको उनले बताए । ‘हामीले स्थानीय तह निर्वाचनलाई नजिकबाट नियालेका छौं,’ नेम्वाङले भने, ‘उम्मेदवार मिलाएको भए, आफ्नै खुट्टामा खुट्टा, पेन्टमा पेन्ट नअल्झाएको भए ५०/६० सिट बढी जित्थ्यौं ।’ अबको निर्वाचनमा त्यस्तो हुन नदिन सबै नेता, कार्यकर्ता एक हुन उनले आग्रह गरे ।

एमालेलाई घेराबन्दी गरिएको र त्यो घेराबन्दी तोड्न पार्टीभित्र एक हुनुपर्ने सल्लाह उनको छ । ‘आफ्नो थैली बलियो बनाइयो भने अर्कालाई चोर दोष लगाउनु पर्दैन,’ नेम्वाङले भने, ‘हामी आफू बलियो हौं अरुसॅग डराउनु र आत्तिनु पर्दैन ।’

विचार मिल्ने पार्टीबीच अझै पनि एकता हुनसक्ने नेम्वाङ बताउॅछन् । कामचलाउन भएर पनि सरकारले कतिपय दुरगामी निर्णय गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘वर्तमान सरकार कामचलाउ भइसकेकाले दुरगामी महत्व राख्ने निर्णय गर्न पाउँदैन, तैपनि कतिपय त्यस्ता काम भइरहेको सुनेको र त्यो गलत भएको उनको दाबी छ ।

प्रकाशित : श्रावण २५, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?