कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
बालाजु आगलागी अपडेट

विद्युत् सट भएर आगलागी, साढे चार करोड क्षति

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिका–१६, बालाजुमा बुधबार दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वर्ल्ड जुत्ता कारखाना जलेको र करिब साढे चार करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको बताए ।

विद्युत् सट भएर आगलागी, साढे चार करोड क्षति

'आगो स्थानीय र दमकलको सहायतामा प्रहरीले नियन्त्रणमा लिइएको छ । कारखानामा विद्युत् सट भएर आगलागी भएको भन्ने सूचना छ,' प्रजिअ रिजालले इकान्तिपुरसँग भने, 'क्षतिको पूर्ण विवरण आइसकेको छैन । तर करिब साढे चार करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।'

बालाजु औद्योगिक क्षेत्रसँगै रहेको कारखानामा बुधबार दिउँसो अचानक आगो लागेको थियो ।

कामदारहरुका अनुसार जुत्ताको ट्रेडमार्क लगाउने मेसिन चलाउँदा विद्युत् सर्ट भएपछि आगो लागेको थियो । कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएका छन् ।

वरिपरि घरहरु भएपनि आगोले कुनै क्षति नगरेको प्रहरीले जनाएको छ । औद्योगिक क्षेत्रमा आगलागी भएको भन्ने समाचार पाएपछि आगलागीबारे गृहमन्त्री बालकृष्ण खाँणले नै चासो लिएर सुरक्षा निकाय र प्रशासनसँग चासो राखेका थिए ।

प्रकाशित : श्रावण २५, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?