२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नेसपा केन्द्रीय सदस्य बनाइएकी थापा भन्छिन्- 'म जसपामै छु'

कान्तिपुर संवाददाता

काँकडभिट्टा — जनता समाजवादी पार्टी (जसपा) की नेतृ केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य (प्रदेश १) राधा थापाले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएकी छन्।

नेसपा केन्द्रीय सदस्य बनाइएकी थापा भन्छिन्- 'म जसपामै छु'

प्रदेश नम्बर १ को सुशासन समिति सदस्यसमेत रहेकी नेतृ थापाले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै नेसपाको केन्द्रीय समितिको नामावली सूचीमा आफनो नाम समावेश गरिएकोमा आपत्ति जनाएकी छन्।

उनले आफ्नो स्वीकृति बिना षड्यन्त्रपूर्वक ढंगबाट नाम समावेश गर्नेलाई कारबाही गर्न पार्टी समक्ष माग पनि गरेकी छन्।

‘नेसपाले कुन आधारमा मेरो नाम केन्द्रीय सदस्यको रुपमा समावेश गर्‍यो ताज्जुब लागेको छ’, विज्ञप्तिमा थापाले भनेकी छन्,‘आजका मितिसम्म म जसपामै रहेको आम जनसमुदायलाई जानकारी गराउँछु ।’

प्रकाशित : श्रावण २४, २०७९ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?