कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गठबन्धनको विषयमा छलफल गर्न नेसपाका भट्टराई र यादव प्रधानमन्त्री निवासमा

कान्तिपुर संवाददाता

काठमाडौँ — गठनबन्धनको विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

गठबन्धनको विषयमा छलफल गर्न नेसपाका भट्टराई र यादव प्रधानमन्त्री निवासमा

मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भट्टराई र यादवसँग प्रधानमन्त्री देउवाले गठबन्धन र चुनावी तालमेलको विषयसहितमा छलफल गरिररहेका छन् ।

'समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतको विषयमा छलफल हुँदैछ,' नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेले भने। सत्तारुढ ५ दलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी छाडेर भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराई र यादव सत्तारुढ गठबन्धनमा रहन्छन् वा अन्य विकल्प खोज्छन् भन्ने चासो रहेको छ ।

सत्तारुढ गठबन्धन भने विस्तार गरेर ८ दल पुर्‍याउने विषयमा छलफल जारी रहेको छ । यसअघि महन्थ ठाकुरसहितका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले प्रधानमन्त्री देउवासँग चुनावी गठबन्धनको विषयमा बालुवाटारमा छलफल गरेका थिए ।

प्रकाशित : श्रावण २४, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?