दाहाल-नेपाल देउवाका कारिन्दामात्रै : भट्टराई 

लक्ष्मी गौतम

पाँचथर — नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको कारिन्दाको संज्ञा दिएका छन् । दाहाल र नेपाल दुवैमा विचार, अडान र सिद्वान्तको खडेरी लागेको उनको आरोप थियो । 

दाहाल-नेपाल देउवाका कारिन्दामात्रै : भट्टराई 

पार्टी कामको सिलसिलामा पाँचथरको फिदिम आइपुगेका भट्टराईले कान्तिपुरसँग कुराकानी गर्दै दाहाल र नेपालमा नैतिकता गुमेकै कारण विचार र सिद्वान्त नमिल्ने कांग्रेससँगको गठबन्धन मजबुद बनाउन लागेको बताए ।

‘दुवै पार्टी संकटमा रहेकाले कांग्रेसको बुइ चढेका हुन्, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुको गठबन्धन अपवित्र र अनैतिक छ,' उनले भने, 'यसले देश र जनताको भलो गर्दैन ।’

बहुदलीय व्यवस्थामा विशेष परिस्थितिबाहेक जुनसुकै चुनावमा गठबन्धन गर्नु उपयुक्त नहुने उनको धारणा थियो । एक्लाएक्लै लडेमात्रै आफ्नो धरातल थाहा पाइने भन्दै भट्टराईले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले एक्लै लड्ने मनस्थितिमा रहेको पनि बताए ।

प्रकाशित : श्रावण २४, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?