कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

समानुपातिकबाट चुनिएका सांसदलाई विभेद : सांसद पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरिएको बताएकी छन् । 

समानुपातिकबाट चुनिएका सांसदलाई विभेद : सांसद पौडेल

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्ने कुरा ऐन बनाएर जान जरुरी रहेको बताएकी हुन् । उनले निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फ महिलाको हकमा सम्बन्धित कोटा छुट्याउन पनि माग गरिन् । उनले महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा छुट्याएर जानुपर्ने र त्यसको कति संख्या छुट्याउने भन्ने कुरामा छलफल हुन आवश्यक रहेको उनको भनाइ थियो ।

'हामीले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अपनाइसकेपछि त्यसबाट विजयी बनेको सदस्यको त पूर्ण हक बराबर हुनुपर्ने हो । तर हामीले विभेद गरियो,' उनले भनिन्, 'त्यस्तो विभेदलाई हटाउन कानुन नै बनाएर जानुपर्छ ।'

उनले निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याउन पनि माग गरिन् ।

सांसद पौडेलले हरेक राजनीतिक पार्टीमा महिलालाई हेर्ने संकुचित दृष्टिकोण रहेको भन्दै सोच र व्यवहार परिवर्तन गरेर महिला पनि नेतृत्व लिन सक्षम छन् भन्नेमा विश्वस्त हुन आवश्यक रहेको बताइन् ।

प्रकाशित : श्रावण २४, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?