२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित

काठमाडौँ — प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका छन् ।

तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित

कर्मचारीको तलबमान असमान ढंगले बढाउन खोजिएको भन्दै मंगलबार काठमाडौं उपत्यकाका नायब सुब्बाले सिंहदरबारभित्र धर्ना दिएका हुन् ।

बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीत र कर्मचारीभित्रै विभेद हुने गरी तलब बढाउन खोजिएको उनीहरूको भनाइ छ । आजको विरोध कार्यक्रम देशभर गर्ने उनीहरूले बताएका छन् ।

सोमबार कर्मचारीको विरोधपछि तलबसँग सम्बन्धित विषय आयोग गठन गरेरै टुंग्याउने निर्णयमा अर्थ मन्त्रालय पुगेको छ । प्रस्तावित तलबमान कायम नगर्ने भनेर मन्त्रालयले प्रतिबद्धता जनाए पनि कर्मचारीले विरोध कार्यक्रम जारी राखेका हुन् ।

प्रकाशित : श्रावण २४, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?