कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकारले आदिवासीको हितमा महत्त्वपूर्ण काम गरेको छ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्त्वपूर्ण काम गर्दै आएको बताएका छन् ।

सरकारले आदिवासीको हितमा महत्त्वपूर्ण काम गरेको छ : प्रधानमन्त्री देउवा

२८ औं विश्व आदिवासी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरूको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सधैँ क्रियाशील रहेको बताए ।

आदिवासी, जनजातिहरूको पहिचान गर्ने र उनीहरूको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराएका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरूलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताए ।

‘वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासी, जनजातिका हक, अधिकार र सुविधाका विषयमा उत्साहका साथ क्रियाशील रहँदै आएको छ । नेपालको संविधानले आदिवासी, जनजाति समूदायको विकास र समृद्धिको लागि छुट्टै आयोगको व्यवस्था गरेको छ । सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण कार्यहरू गर्दै आएको छ,' प्रधानमन्त्री देउवाले भने ।

यस्तै आदिवासी, जनजातिको पहिचानसहित उनीहरूलाई राज्यको मूलधारमा ल्याई कुनै पनि अवसरबाट बञ्चित हुन नदिन आफूहरू सबै मिलेर काम गर्न आवश्यक रहेको उनको भनाइ छ । राज्यका हरेक तह र निकायमा समावेशीकरणको नीतिलाई प्रभावकारी रुपमा आत्मसात गर्दै राष्ट्रको विकास र समृद्धिका लागि हामी सबै प्रतिवद्ध हुन आवश्यक छ । नेपालको सबैभन्दा ठूलो समूदाय आदिवासी, जनजातिको सर्वाङ्गिण विकास गरेर मात्रै नेपालको समृद्धिको सपना यथार्थमा परिणत हुने भएकाले यस कुरालाई आत्मसात गरी काम गर्न म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरूको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने पनि दाबी गरेका थिए । साथै यसलाई आत्मासात गर्दै अघि बढनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै आदिवासी, जनजातिहरूको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले कांग्रेसले त्यस विषयमा गम्भीर भएर काम गरिरहेको दाबी गरे ।

प्रकाशित : श्रावण २३, २०७९ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?