चुनावी तालमेल स्वभाविक हुनुपर्ने कांग्रेस नेताहरूको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरूले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा स्वभाविक चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने बताएका छन् । सोमबार बालुवाटारमा बसेको बैठकमा सहभागी नेताहरूले गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर व्यावहारिक‚ वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल गर्नुपर्ने बताएका हुन् ।

चुनावी तालमेल स्वभाविक हुनुपर्ने कांग्रेस नेताहरूको सुझाव

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाँटको विषयमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठक बोलाएका थिए ।

व्यवहारिक‚ वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल गर्न र त्यसैको आधारमा सिट बाँडफाँट गर्न नेताहरूले गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई सुझाव दिएका हुन् ।

‘गठबन्धन गरौं तर त्यसले पार्टीभित्रको आन्तरिक एकतामा कुनै पनि किसिमको असर नपारोस्; त्यसमा बढी जोड दिएर जाऔं । अस्वभाविक देखिने गठबन्धन नगरौं । सबैलाई न्याय हुनेगरी गठनबन्धन गरौं‚’ उपसभापति विमलेन्द्र निधिले भने ।

त्यस्तै बैठकमा पार्टीका पूर्वउपसभापति विजयकुमार गच्छदारले थारु समुदायका माग र मुद्दालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताए । निर्वाचनमा उम्मेदवारको निर्क्यौल गर्दा थारु समुदायबाट यथाशक्य धेरै उम्मेदवार छनोट गरेर अघि बढ्नुपर्ने बताए ।

यसैगरी सहमहान्त्री उमाकान्त चौधरी र महेन्द्र यादवले मधेसमा कम सिट लिने गरी गठबन्धन नगर्न सुझाव दिएका छन् । यसअघिको निर्वाचन भन्दा यो निर्वाचनमा कांग्रेसको उपस्थिति धेरै देखिनुपर्नेमा उनीहरूले जोड दिए ।

आजको बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि‚ गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, सहमहामन्त्रीहरू किशोरसिंह राठौर, भिष्मराज आङदेम्बे, जीवन परियार, महेन्द्र यादव, उमाकान्त चौधरीलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : श्रावण २३, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?