कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रौतहटमा शिलान्यास भएका कार्यक्रमहरु बहुवर्षीय योजनाका : मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — सहरी विकास मन्त्रालयले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटमा यसै साता शिलान्यास गरेको योजनाहरु बहुवर्षीय योजना भएको जनाएको छ ।
पूर्वमन्त्री रामकुमारी झाँक्रीले योजना र बजेटबिना कतिपय शिलान्यास गरिएको भनेपछि मन्त्रालयले विज्ञप्ति निकाल्दै खण्डन गरेको हो ।

रौतहटमा शिलान्यास भएका कार्यक्रमहरु बहुवर्षीय योजनाका : मन्त्रालय

पूर्वसहरी विकासमन्त्री झाँक्रीले नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले एक अन्तर्वार्तामा बजेट र योजनाबिनाकै विकास निर्माणको काम गरेको बताएपछि त्यसको मन्त्रालयले विज्ञप्ति निकालेर खण्डन गरेको हो ।

नेपालले साउन १६ गते रौतहटको गौर बोर्डर टाउन सहरी पूर्वाधार निर्माणअन्तर्गत गौर सभाहल र रामजानकी विवाहमण्डप र राजदेवी नगरपालिकाअन्तर्गतका योजनाहरुको शिलान्यास गरेका थिए । मन्त्रालयले ती कार्यक्रमहरु बहुवर्षीय योजनाअन्तर्गत कार्यान्वयन गरिएको जनाएको छ ।

सभाहल निर्माणका लागि २० करोड र विवाह मण्डपका लागि ८ करोड गरी २८ करोड रुपैयाँको योजना भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी गौर र राजदेवीमा बस्ती विकासका लागि योजना स्वीकृत भएको जनाएको छ ।

'अत: माथि स्वीकृत वार्षिक कार्यक्रमबिना माथि उल्लेख योजनाहरु शिलान्यास भएको भनि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार र व्यक्त भएको धारणामा नपर्नु सम्बन्धित सबैमा जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ,' मन्त्रालयले भनेको छ ।

एकीकृत समाजवादीको सचिवसमेत रहेको पूर्वमन्त्री झाँक्रीले आफ्नै अध्यक्ष नेपालले गरेको शिलान्यास विषयमा गरेको टिप्पणीपछि उक्त विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचारहरु बनेका थिए ।

एक अन्तर्वार्तामा झाँक्रीले अध्यक्ष नेपालले रौतहटमा गरेको शिलान्यास कार्यक्रम, बजेट सुनिश्चित नभएको बताएकी थिइन् । 'हिजो उहाँ (माधवकुमार नेपाल)ले गरेको शिलान्यासमा न कार्यक्रम छ, न बजेट सुनिश्चितता भएको छ, न त टेण्डर नै आह्वान भएको छ । उहाँले २-३ वटा धर्मशाला र सभागृह शिलान्यास गरेर आउनुभयो । त्यो स्रोतको सुनिश्चितता पनि छैन, बजेटमा स्रोत पनि एलएमआइबिएस (मन्त्रालयगत बजेट सूचना प्रणाली) कोड पनि छैन,' झाँक्रीले भनिन्, 'ठेक्का पनि लागेको छ त्यसको प्रक्रियासमेत सुरु भएको छैन । अर्थले सुनिश्चितता पनि दिएको छैन । कुन स्रोतबाट काम गर्ने भन्ने थाहा छैन । तर उहाँले शिलान्यास गर्नुभयो ।'

झाँक्रीको अभिव्यतिसँगै एकीकृत समाजवादीभित्रको विवाद पनि सहतमा आएको छ । नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी गठन भएको एक वर्ष पनि नपुग्दै विवाद देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा झाँक्री एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्री बनेकी थिइन् । असारको दोस्रो साता झाँक्रीसहितका मन्त्रिपरिषद्मा‌ सदस्यलाई पार्टीले फिर्ता गरेको थियो । बजेट ल्याउनेवित्तिकै उनीहरुलाई फिर्ता गर्न बोलाउने निर्णय गरे पनि मन्त्रीहरुले आपत्ति जनाएपछि तीन साता ढिलो भएको थियो ।

मन्त्री फिर्ता बोलाउने पार्टी निर्णयसँगै झाँक्री तत्कालीन मन्त्रीहरु पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् । हाल सहरी विकासमन्त्री सोही दलका मेटमणि चौधरी रहेका छन् ।

प्रकाशित : श्रावण २१, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?