माओवादी केन्द्रका अध्यक्ष दाहाल जापान प्रस्थान - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी केन्द्रका अध्यक्ष दाहाल जापान प्रस्थान 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । सचिवालय टोलीसहित दाहाल राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन् । 

दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । उनीसँगै स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् । दाहालले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्नेछन् ।

अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुन्छ । अगस्ट ७ आइतबार अध्यक्ष दाहालले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका रहेको उनका सचिवालयले जनाएको छ । त्यस्तै आइतबार नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच 'समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।

दाहाल जापानमा रहँदा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम छ । दाहाल साउन २५ गते स्वदेश फर्किने छन् ।

प्रकाशित : श्रावण २०, २०७९ २२:५३
प्रतिक्रिया
पठाउनुहोस्

बीआईबी कप बास्केटबल

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्ध स्कुलको आयोजनामा पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार सुरु हुँदै छ । प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १३ र गर्ल्समा १२ टिम सहभागी हुनेछन् ।

सहभागीलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने ईसीए इन्चार्ज सुब्रत राजोपाध्यायले बताए । ब्वाइजमा टीआईए र गर्ल्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रकाशित : श्रावण २०, २०७९ २२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×