कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माओवादी केन्द्रका अध्यक्ष दाहाल जापान प्रस्थान 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । सचिवालय टोलीसहित दाहाल राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष दाहाल जापान प्रस्थान 

दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । उनीसँगै स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् । दाहालले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्नेछन् ।

अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुन्छ । अगस्ट ७ आइतबार अध्यक्ष दाहालले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका रहेको उनका सचिवालयले जनाएको छ । त्यस्तै आइतबार नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच 'समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।

दाहाल जापानमा रहँदा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम छ । दाहाल साउन २५ गते स्वदेश फर्किने छन् ।

प्रकाशित : श्रावण २०, २०७९ २२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?