आगामी निर्वाचनमा एमालेले हार्नै मिल्दैन : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी निर्वाचनमा एमालेले हार्नै मिल्दैन : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन् । आफ्नो पार्टीले निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको भनाइ छ ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।

सत्तारुढ गठबन्धन र यसका नेताहरूले देशलाई दुगर्तिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्‍याए ।सत्तारुढ गठबन्धनका आबद्ध नेताहरूले आ–आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोपसमेत उनले लगाए ।

‘मुख्य फोकसचाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो । अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउाछ । देशको पक्षमा बोल्छ, आवाज उठाउाछ । राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । आवाज उठाईरहन्छ । यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन । तर, एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ । देशलाई हार्न दिनुहुने छैन । एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दुगर्तिमा लगेको छ । निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ । यिनको कुनै गन्तव्य नै छैन,’ उनले भने ।

अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गरे । पार्टीको सरकार नढल्नका लागि पनि लागि आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : श्रावण २०, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्

सिस्ने गाउँपालिकामा पूर्वाधार एम्बुलेन्स सञ्चालन

हरि गौतम

रुकुम पूर्व — वर्षा र पहिरोले गर्दा अवरुद्ध भइरहने सडक खुलाउन सिस्ने गाउँपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गइरहने र त्यसले बाटो अवरुद्ध भइरहने भएकाले आपतकालीन रुपमा सडक खुलाउन प्राविधिकसहित जेसीबी र ट्याक्टर परिचालन गरिएको हो ।

ट्याक्टरसहित अरु ३ जना कर्मचारीलाई पनि गाउँपालिकाले परिचालन गरेको जनाएको छ । 'वर्षायाममा धेरै ठाउँमा ससाना पहिरो र बाढीका कारण जनताले दुःख नपाउन् भनेर यो एम्बुलेन्स सेवा सञ्चालन गरेका हौं,' गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताए ।

एक सातादेखि सञ्चालनमा रहेको पूर्वाधार एम्बुलेन्सले हालसम्म कम्तीमा ६ ठाउँमा काम गरिसकेको उपाध्यक्ष रेउलेले बताए । यस सेवाका लागि गाउँपालिकाले प्राविधिक, अपरेटर, चालक र अरु ३ जना कामदार गरी ६ जनाको फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

जहाँ जतिबेला समस्या आउँछ त्यतिबेला नै जाने र समस्या समाधानको प्रयास गर्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । ‘कच्ची सडक र वर्षा भइरहने मौसममा सडक कतिबेला कहाँ भत्किन्छ थाहा हुँदैन । थाहा भए पनि सहजीकरण गर्न सकियोस् भनेर पूर्वाधार एम्बुलेन्स बनाएर परिचालन गरेका हौं,’ गाउँपालिका अध्यक्ष रेग्मीले भने ।

प्रकाशित : श्रावण २०, २०७९ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×