१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

न्याय माग्दै अनशन बसेकी निहारिका पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — न्यायको माग गर्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशन गरिरहेकी निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् ।

न्याय माग्दै अनशन बसेकी निहारिका पक्राउ

सरकारले यसअघि आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी सरकारद्वारा जारी प्रतिबन्धित क्षेत्रमा अनशन बसेकी थिइन् । शुक्रबार प्रहरीले उनलाई दूधे छोरासहित पक्राउ गरेको छ ।

यसअघि सरकारसँग भएको ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नगरेपछि उनी फेरि अनशनका लागि सडकमा आएकी हुन् ।

महोत्तरीकी निहारिका न्याय माग गर्दै साढे दुई वर्षदेखि काठमाडौंमा डेरा भाडामा लिएर बस्दै आएकी छन् । यसबीचमा उनले विभिन्न संघसंस्था र नागरिक अगुवाको साथ पाए पनि उनको माग पूरा हुन सकेको छैन ।

निहारिकाले आफ्नो बोली कसैले नसुनेपछि आमरण अनशनको बाटो रोज्न बाध्य भएको बताएकी छन् । आफू १७ वर्षको छँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै उनले दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।

यसअघि माइतीघर मण्डलामा छोरोलाई साथमै लिएर अनशन गरेकी निहारिकासँग सरकारले सहमति गरे पनि पालना नगर्दा उनी फेरि अनशनमा बसेकी हुन् ।

निहारिकाले दुःख नपाऊन्

प्रकाशित : श्रावण २०, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?