ताइवान क्षेत्रमा उत्पन्न परिस्थिति नजिकबाट नियालिरहेका छौं : परराष्ट्र मन्त्रालय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताइवान क्षेत्रमा उत्पन्न परिस्थिति नजिकबाट नियालिरहेका छौं : परराष्ट्र मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले सधैं 'एक चीन नीति'को समर्थन गरेको बताइन् । 

'पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं । नेपालले 'एक चीन नीति'को समर्थन गर्दै आएको छ । दुवै देशले एक अर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको समर्थन गर्दै आएको छ' लम्सालले भनिन्, 'नेपाल एक शान्तिपूर्ण राष्ट्र भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराउन चाहन्छौं ।'

अमेरिका सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो सर्वभौमिकतामाथिको आक्रमण भनेको छ । ताइवानको तटको नजिकै विभिन्न ५ दिने युद्ध अभ्यास सुरु गरेको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल एक चीन नीतिको पक्षमा छ : गृहमन्त्री खाँण

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् ।

गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको हो ।

भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाँणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’ उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाँणको भनाइ थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन् ।

सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताइन् । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् ।

उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको गृहमन्त्री खाँणलाई जानकारी गराइन् ।

प्रकाशित : श्रावण २०, २०७९ १३:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×