कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि नै सडक अवरूद्ध भएकाे छ । राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

माैरी पुलमा साेमबार रातिदेखि पहिराेका कारण दिनदिनैजसाे बाटाे बन्द हुने गरेकाे छ । उक्त पुलभन्दा तीन सय मिटर पर रहेकाे डाँडा चिराचिरा परेर खाेल्सामा पहिराे खसेकाे छ ।

वर्षा भएपछि खाेल्सामा थुप्रिएकाे माटाे‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ माैरी पुलमा बाटाे बन्द हुने समस्या देखिएको छ । संघीय राजधानी काठमाडाैंलाई जाेड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयाैं सवारी र यात्रु अलपत्र पर्ने गर्छन् ।

प्रकाशित : श्रावण २०, २०७९ ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?