१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चिनियाँ नागरिकसहित दुई जनालाई अपहरण गरी १ करोड फिरौती मागेको आरोपमा ६ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ नागरिकसहित दुई जनालाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका ७ का ३७ वर्षीय कर्णबहादुर गुरुङ, सिरानचोक गाउँपालिका ५ का २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दी नगरपालिका ११ का २९ वर्षीय रोहित मगर, प्यूठान प्यूठान नगरपालिका ८ का २८ विशाल मगर छन् ।

चिनियाँ नागरिकसहित दुई जनालाई अपहरण गरी १ करोड फिरौती मागेको आरोपमा ६ पक्राउ

त्यस्तै नुवाकोट शिवपुरी गाउँपालिका ६ का २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका १० का २८ वर्षीय शिव सुनारलाई पनि अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ काठमाडौं महानगर २६ कपुरधाराबाट ओखलढुङ्गा, चिशखुगढी गाउँपालिका ५ चिसापानी घरभई वनस्थली बस्ने २६ वर्षीय सूर्यबहादुर राई र चिनियाँ नागरिक काठमाडौं २ लाजिम्पाट बस्ने याङ याङलाई अपहरण गरी होटलमा लगेर १ करोड रुपैयाँ फिरौती मागेको आरोप उनीहरुमाथि लागेको छ ।

प्रहरीको संयुक्त टोलीले अपहरणमा परेका दुवै जनालाई काठमाडौं २६ नयाँबसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट बुधबार राति ११:४० मा उद्धार गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । प्रहरीले उनीहरुको साथबाट ८ लाख १४ हजार ९०० रुपैयाँ, मोबाइल सेट २६ थान, हत्कडी १ थान बरामद गरेको छ ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी मैनालीले बताए ।

प्रकाशित : श्रावण १९, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?