१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आदिवासी दिवसमा कांग्रेस निकट महासंघले कार्यक्रम गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले २८औं आदिवासी दिवसको अवसरमा काठमाडौंमा विशेषसभा गर्ने भएको छ ।

महासंघ कांग्रेसको नवगठित भ्रातृ संस्था हो । गत केन्द्रीय कार्यसमितिको बैठकले महासंघलाई भ्रातृ संस्थाको रुपमा मान्यता प्रदान गरेको थियो ।

महासंघले २८औँ आदिवासी दिवसको सन्दर्भमा साउन २३ गते काठमाडौंको राष्ट्रियसभा गृहमा विशेषसभा गर्ने जनाएको छ । सभालाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : श्रावण १९, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?