२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाल र जापानबीच उच्चस्तरीय श्रम बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र जापानका उच्च अधिकारीहरूबीच बिहीबार काठमाडौंमा उच्चस्तरीय संयुक्त श्रम बैठक सुरु भएको छ ।

नेपाल र जापानबीच उच्चस्तरीय श्रम बैठक सुरु

नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै गरिएको ‘सहकार्य गर्ने समझदारी’ (एमओसी)को प्रभावकारी कार्यान्वयनका लागि बैठक बस्न लागेको हो ।

‘हामीबीच जुन एमओसी छ । त्यसबारे समीक्षा गर्न जरुरी भयो,’ बैठकका सदस्यसचिव समेत रहेका श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले कान्तिपुरलाई भने,‘हामी दोश्रो पटक बैठक बस्दैछौं ।’

बैठकमा दुवै देशका सहसचिवले नेतृत्व गर्ने छन् । एमओसीपछि पहिलोपटक भर्चुअल माध्यमबाट बैठक बसेको थियो । एमओसीपछि अपेक्षा अनुसार जापानले नेपाली कामदार भर्ना गरेको छैन । एमओसी अनुसार नेपालबाट ८ सय ३५ जना मात्रै नेपाली त्यसतर्फ गएका छन् ।

प्रकाशित : श्रावण १९, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?