२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ

सुरज कुँवर

काठमाडौँ — मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ ।

मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई जाने तयारीमा थिए । श्रीमान्-श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरी प्रधान कार्यालयमा पठाएको थियो ।

ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको हो । प्रवक्ता खड्काका अनुसार जहाज उड्न कम्तीमा २ घण्टा लाग्नेछ । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने उनले बताइन् ।

काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १८, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?