२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणबारे चिनियाँ राजदूत होउको टिप्पणी

एक चीन सिद्धान्त उल्लंघन गरेको भन्दै अमेरिकाको आलोचना र सोही सिद्धान्तमा नेपालको प्रतिबद्धतालाई लिएर प्रशंसा
जगदीश्वर पाण्डे

काठमाडौँ — काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर टिप्पणी गरेकी छन् । होउले बुधबार बिहान अमेरिकाले ‘एक चीन नीति’ को गम्भीर उल्लंघन गरेको बताइन् । 

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणबारे चिनियाँ राजदूत होउको टिप्पणी

होउले भनेकी छन्, ‘मंगलबार अमेरिकी प्रतिनिधिसभाका सभामुख नान्सी पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गरिन् । यो एक चीन सिद्धान्तको गम्भीर उल्लंघन हो । यसले ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई कमजोर बनाउँछ । चीनले यसको दृढतापूर्वक विरोध र कडा निन्दा गर्दछ ।’

साथै, राजदूत होउले नेपाललाई ताइवान मामिलामा तान्दै भनेकी छन्, ‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ ।’

अमेरिकी सभामुख पेलोसी एसियाको भ्रमणका क्रममा दुई दिन (मंगलबार र बुधबार) का लागि ताइवान पुगेकी हुन्‚ जसलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तिक्तता बढेको छ ।

प्रकाशित : श्रावण १८, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?