अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

रमेशकुमार पौडेल

चितवन — गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सफा गरेसँगै सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा मंगलबार राति पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

माैरीपुलकाे पहिराे सफा गरेपछि बुधबार बिहान सवा नाै बजेबाट दुईतर्फी नै सवारी चल्न सुरू भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार गए राति साढे दुई बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको थियो ।

मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलेका थिए । राति गएको पहिरो सोमबारको भन्दा आधा भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले बताए । बाटोमा सोमबार रातिदेखि कै गाडीहरू अलपत्र छन् ।

प्रकाशित : श्रावण १८, २०७९ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?