कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

आफ्नो घरमा बम पड्काइएको भन्दै सांसदद्वारा आजीवन पीएसओ माग

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरमा बम पड्काइएको दाबी गर्दै सुरक्षा माग गरेकी छन् । उनले पूर्वराज्यमन्त्रीको हैसियतमा आफूलाई आजीवन निजी सुरक्षा अधिकारी (पीएसओ) माग गरेकी छन् । 

आफ्नो घरमा बम पड्काइएको भन्दै सांसदद्वारा आजीवन पीएसओ माग

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गुरुङले आफूमाथि सुरक्षा खतरा रहेको भन्दै सभामुखमार्फत गृहमन्त्री र सरकारलाई सुरक्षा दिन माग गरेकी हुन् ।

'हिजो राति ८ बजेर २५ मिनेटमा देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरूले गेटठभित्र बम पड्कायो । घरका सबै आतंकित भए । झ्याल खोलेर हेरे २ जना लोग्ने मानिस मोटरसाइकलमा गएको देखे । अँध्यारो भएकाले चिन्न सकिनँ,' सोमबार भएको भनिएको घटना उल्लेख गर्दै उनले भनिन्, 'महाराजगन्जको फोन खोजेर प्रहरीलाई फोन गरे । गृहमन्त्रीलाई फोन गरेको उठेन । कम्पाउन्डभित्र रकेट बमको खोल भेटियो‚ जुन प्रहरीले लगेर गए ।'

त्यसपछि सांसद गुरुङले पूर्वराज्यमन्त्रीको हैसियतमा आफूलाई आजीवन सुरक्षा दिन माग गरेकी हुन् । उनले भनिन्, 'पूर्वराज्यमन्त्रीले पाउनुपर्ने पीएसओ आजीवन दिन सभामुखमार्फत गृहमन्त्री र सरकारसँग माग गर्दछु ।'

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा २०७८ जेठ ८ मा विघटन गरेपछि जसपाको महन्थ ठाकुर पक्षबाट गुरुङ राज्यमन्त्री बनेकी थिइन् । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राज्यमन्त्री बनेकी थिइन् ।

प्रकाशित : श्रावण १७, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?