कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

श्रीमती र दुई छोराछोरीको हत्यापछि आत्महत्याको आशंका
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार दिनेश पाण्डेको घरमा पाण्डेसहित श्रीमती र छोराछोरी मृत फेला परेका हुन् ।

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

घटनास्थलमा संलग्न प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको हो । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाएको छ ।

४१ वर्षीया पाण्डे १० वर्ष कुवेतमा वैदेशिक रोजगारीको सिलसिलामा बसेर फर्केका थिए । दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता पाण्डे घर नजिकै पसल चलाएर बसेकी थिइन् । ती प्रहरीका अुनसार उनीहरुको झैझगडा भइरहने र केही समयअघि दुईपटक बालाजु प्रहरी वृत्तमा मिलापत्र गरेर छाडिएको थियो । पाण्डे दम्पतिका १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे थिए ।

अनुसन्धानमा खटिएका ती प्रहरी भन्छन्, 'हामीले प्रारम्भिक अनुसन्धानबाट पारिवारिक कलहबाट नै यो घटना भएको पत्ता लागेको छ । भित्रबाट चुकुल लगाएको, तीनजना भुइँमा लडेको र दिनेश झुण्डिएको देख्दा हत्या पछि आत्महत्या भएको देखिन्छ ।'

बिहान अबेरसम्म पनि घरमा सुनसान भएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरु मृत फेला परेको खबर प्रहरीलाई दिएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको बताए ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १६, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?