सभामुख सापकोटाद्वारा नागरिकता विधेयक प्रमाणित

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् । आइतबार सभामुख सापकोटाले संघीय संसद्‍बाट पारित भएको नागरिकता विधेयक प्रमाणित गरेका हुन् । 

सभामुख सापकोटाद्वारा नागरिकता विधेयक प्रमाणित

साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' पारित भएको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

२०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला गरेको छ । संविधान जारी भएपछि त्यसअनुसार नागरिकता कानुन संशोधन नभएका कारण नागरिकता पाउन वञ्चितहरुले अब नागरिकता पाउने भएका छन् । वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध जनाएको थियो ।

प्रकाशित : श्रावण १५, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?