१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
बाघको संख्या वृद्धि

लिओनार्दो डिक्याप्रियोले दिए नेपाललाई बधाई

कान्तिपुर संवाददाता

काठमाडौँ — हलिउड अभिनेता लिओनार्दो डिक्याप्रियोले नेपालले बाघ दोब्बर गर्ने प्रतिबद्धता पूरा गरेको भन्दै बधाई दिएका छन् । नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएपछिको १२ वर्षमा बाघको संख्या झन्डै तेब्बरले वृद्धि गरेको छ ।

लिओनार्दो डिक्याप्रियोले दिए नेपाललाई बधाई

डिक्याप्रियोले नेपालले बाघ संरक्षणमा गरेको प्रतिबद्धता पूरा गरेको भन्दै बधाई दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत नेपाले संख्या दोब्बर बनाउन सफल भएको भन्दै धन्यवाद दिएका हुन् ।

अभिनेता डिक्याप्रियो सन् २०१०को आफ्नो फिल्म 'इन्सेप्सन'को प्रमोसन टुरमा एसिया भ्रमणका क्रममा नेपालमा आएका थिए । नेपालमा आउँदा उनले उनी बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ स‌ंरक्षणसम्बन्धी छलफल गरेका थिए । उनले त्यसबेला बर्दियामा 'सेभ द टाइगर्स' सम्बन्धी छलफल गरेका थिए ।

लियोनार्दो डिक्याप्रियोको चस्मा

सन् २०१० मा १ सय २१ को संख्यामा रहेका बाघ सन् २०२२ सम्म २ सय ५० पुर्‍याउने लक्ष्य लिइएको थियो । सन् २०१८ को गणनामा बाघको संख्या २३५ पुगेको थियो । २०२० को गणनामा ३ सय ५५ पुगेको हो ।

बाघ पाइने १३ देशका राष्ट्रप्रमुखहरू र संरक्षणमा काम गर्ने सरोकारवालाहरू सहभागी रुसको सेन्टपिटर्सबर्ग बाघ सम्मेलन–२०१० मा नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । संख्या वृद्धिसँगै बाघ रहेका राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका बस्तीहरूमा मान्छे र सम्पत्ति क्षति हुने क्रम बढेपछि पनि सरकारले ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ घोषणा गरेको छ ।

विश्वभर बासस्थान विनाश, चोरी सिकार र अवैध व्यापार बाघ लोप हुनाका मुख्य कारण हुन् । विगत सय वर्षमा बाघको बासस्थान ९५ प्रतिशतले विनाश भएको छ भने सय वर्षअघि एक लाखको संख्यामा रहेका बाघ सन् २०१० मा आइपुग्दा ३ हजार २ सयको संख्यामा सीमित हुन पुगेका थिए ।

बाह्र वर्षमा तेब्बर बाघ

विश्वमा सुमात्रान, अमुर, बंगाल, साउथ चाइना, मलालयन, इन्डो–चाइनिज, सुमात्रा, जाभान र क्यास्पियन टाइगर गरी ९ प्रजातिका बाघ पाइन्छन् । यिनमा ३ उपप्रजाति सुमात्रान, जाभान र क्यास्पियन टाइगर लोप भए । बाघ पाइने १३ देशमध्ये कम्बोडिया, चीन, भियतनाम र कोरियामा प्राकृतिक बासस्थानमा प्रजनन भएको रेकर्ड छैन ।

प्रकाशित : श्रावण १४, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?