कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्यूठानमा जिप दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

शमशेरविक्रम जीसी

प्यूठान — स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

प्यूठानमा जिप दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका-३ की ३२ वर्षीया गुडिया ठाकुर रहेको प्रहरीले बताएको छ । त्यस्तै दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार जिपमा १७ यात्रु सवार थिए । रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका थिए ।

घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारपछि एडवन सिटी अस्पताल बुटवल पठाउने क्रम जारी छ रहेको उद्धारमा खटिएका नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित : श्रावण १४, २०७९ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?