२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

संघीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : दाहाल

कान्तिपुर संवाददाता

ललितपुर — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संघीय संसद्को निर्वाचन मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

संघीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : दाहाल

पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग बिहीबार आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष दाहालले संघीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताएका हुन् । अध्यक्ष दाहालले भने, 'प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने कुरा गर्नुभएको छ । मैले संघीय संसद्‌मा विचाराधिन केही विधेयकलाई टुंगो लगाएर मात्रै घोषणा गरौं भनेर आग्रह गरेको छु ।'

उनले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजाने र त्यसमा कुनै पनि दायाँबायाँ नहुने जानकारी दिए । उनले गठबन्धनलाई कायम राखेर विचार मिल्ने पार्टी र शक्तिसँग पनि मिलेर अगाडि बढ्ने स्पष्ट पारे । उनले आफूले पार्टीका नेताहरुलाई पनि गठबन्धनबाट दायाँबायाँ नहुने बताइसकेको र त्यसमा कुनै तलमाथि नहुने स्पष्ट पारेको बताएका थिए । उनले परिवर्तनका सबै एजेन्डाको कार्यान्वयनका लागि पनि माओवादीले निर्वाचन जित्नै पर्ने धारणा राखेका थिए ।

'माओवादी कमजोर हुँदा परिवर्तनका एजेन्डा समस्यामा पर्न थालेका छन् । देश, जनता र परिवर्तनको एजेन्डालाई मूर्त रुप प्रदान गर्न पनि माओवादीले जित्नै पर्छ,' उनले भने । उनले पार्टी स्थायी समितिको जारी बैठकबाटै पदाधिकारी चयन गरिने बताएका थिए ।

प्रकाशित : श्रावण १२, २०७९ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?