राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित- समाचार - कान्तिपुर समाचार

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

तस्बिर : दीपक केसी


विधेयकमाथि बिहीबार नै दफाबार छलफल प्रारम्भ भएको थियो ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३

गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : श्रावण १२, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल बैंकले ल्यायो डबल धमाका मुद्दती खाता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बैंकले डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने  संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ । बैंकका अनुसार यो मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखसम्मको क्रेडिट कार्ड लगायत अन्य सुविधा प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । नेपालभर २१९ शाखाहरु, १८३ एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकलाई बैंकले वित्तीय सेवा पुऱ्याइरहेको छ ।


प्रकाशित : श्रावण १२, २०७९ १७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×