एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएका हुन् ।

एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ : दाहाल

उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताए । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भएको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भने, 'हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौं, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ ।' बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवर्द्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताएका थिए । नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ ।

प्रकाशित : श्रावण १२, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?