एसईईको नतिजा

३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३

सुदिप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३

यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।

यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।

गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए ।


प्रकाशित : श्रावण ११, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?