३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३- समाचार - कान्तिपुर समाचार
एसईईको नतिजा

३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३

सुदिप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

तस्बिर : अंगद ढकाल, कान्तिपुर

यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।

यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।

गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए ।



प्रकाशित : श्रावण ११, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्

एसईई नतिजा सन्तोषजनक : परीक्षा बोर्ड

कान्तिपुर संवाददाता

भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको एसईईको नतिजा सन्तोषजनक रहेको जनाएको छ । नतिजा सार्वजनिक गर्न बोर्डको कार्यालय परिसर सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले २०७५ सालको तुलनामा २०७८ को एसईई नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया जनाएका हुन् ।  

गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिएका थिए ।

कोभिडका बेला २०७६ र ०७७ मा भने आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो ।

अहिलेको नतिजा अनुसार यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।

यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।

एसईई नतिजा results.ekantipur.com मा पनि हेर्न सकिन्छ ।

प्रकाशित : श्रावण ११, २०७९ १६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×