१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाल्पामा बस दुर्घटना, ६ को मृत्यु, १७ जना घाइते [अपडेट] 

घनश्याम गौतम

रूपन्देही — पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट २ मा दुर्घटना हुँदा ३ महिला, ३ पुरूष गरी ६ जनाको मृत्यु भएको घटनास्थल रहेका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

पाल्पामा बस दुर्घटना, ६ को मृत्यु, १७ जना घाइते [अपडेट] 

मतकको सनाखत भएको छैन । उनका अनुसार मृतकको संख्या बढ्न सक्ने देखिएको छ ।

प्रहरी र स्थानीयले उद्धार गरिरहेको उनले बताए । घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ ।

घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो ।

प्रकाशित : श्रावण ८, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?