पाल्पामा बस दुर्घटना, उद्धार कार्य जारी [अपडेट]

घनश्याम गौतम

रूपन्देही — गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा परेको छ । गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा दुर्घटना भएको हो ।

पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले केहीको मृत्यु भएको, धेरै घाइते भएको तर, सबै विवरण आइनसकेको बताए ।

पाल्पामा बस दुर्घटना, उद्धार कार्य जारी [अपडेट]

‘म पनि घटनास्थल पुग्नै लागेको छु,’ उनले भने, ‘बस सडकबाट ३ सय मिटर तल खसेको छ, केहीको मृत्यु भएको आशंका छ, धेरै घाइते छन् ।’ प्रहरी र स्थानीयले उद्धार गरिरहेको उनले बताए । घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ ।

घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो । बस गुल्मीको मजुवाबाट बुटवल आउँदै थियो ।

.....

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा बस दुर्घटना भएको छ । बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस केहीबेर अघि लघुवामा दुर्घटना भएको हो । बस सडकबाट करिब ३/४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । गत पुस १८ गते भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।


प्रकाशित : श्रावण ८, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?