१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिए ।

स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएको बताए । उनका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । 'उहाँको प्रारम्भिक जाँच गरिएको छ । स्वास्थ्य अवस्था पनि राम्रो छ', डा बस्नेतले भने, 'जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ ।'


प्रकाशित : श्रावण ७, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?