२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
एकीकृत समाजवादीका जनप्रतिनिधिको भेला

जनपक्षीय शैलीमा जनसेवा गर्ने प्रतिबद्धता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले सादा जीवन, उच्च विचारका साथ जनपक्षीय शैलीमा जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीको स्कुल विभागले काठमाडौंमा गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधिले आगामी पाँच वर्षसम्म जनता र पार्टीको प्रतिनिधिको रुपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जनपक्षीय शैलीमा जनसेवा गर्ने प्रतिबद्धता

बुधबारदेखि सुरु भएको जनप्रतिनिधिको भेला १६ बुँदे घोषणा पत्र जारी गर्दै बिहीबार सकिएको छ । भेलामा सहभागी एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहले पार्टीको घोषणा पत्रबमोजिम काम गर्ने, भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताजस्तो जनविरोधी रोगहरुलाई समाप्त पार्न संघर्ष गर्ने, कार्यक्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, स्वास्थ्य शिक्षाजस्ता आधारभूत मानव अधिकारको सुनिश्चित गर्ने र समाजवाद निर्माणको अनिवार्य सर्त समग्र मानव विकास भएकाले मानव संशाधन विकासमा लगानी बढाउने कुरालाई प्राथमिकतामा राख्ने जनाएका छन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने र सामाजिक न्याय स्थापना गर्न, सबैखाले विभेदको अन्त्य गर्न र समानता सहितको स्वतन्त्र समाज विकासका लागि कार्य गर्ने र युवाहरुको विदेश पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जनाको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, बजेट र प्राप्त अन्य स्रोत साधनको अधिकतम सदुपयोग गर्ने, स्थानीय तहको बजेटलाई यथासम्भव उत्पादनमुखी र जनमुखी बनाउने, विपदका जोखिमहरुको आँकलन गरी विपद जोखिमको पूर्वतयारी गरी विपद व्यवस्थापनमा ध्यान दिने, बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने र महिला, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकको सम्मान तथा सुरक्षाका विशेष कार्यक्रम गर्ने घोषणापत्रमा उल्लेख छ ।

जनप्रतिनिधिहरुले सावर्जनिक भौतिक संरचना निर्माण गर्दा अपांगमैत्री र बालमैत्री बनाउने, प्राकृतिक पर्यावरणको सुरक्षा गर्न गाउँ सहर सफा राख्ने तथा विकास निर्माणलाई वातावरणमैत्री बनाउने, राष्ट्रिय एकता र जनताका बीचमा मेलमिलाप र साम्प्रदायिक सद्भाव कायम गर्न निरन्तर प्रयत्नशील रहनेलगायत प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : श्रावण ५, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?