हाँसेरै मन्त्रालय आएँ, हाँसेरै बिदा हुन्छु : मन्त्री चौधरी

काठमाडौँ — सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् ।  मंगलबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्योभन्दा अझ बढी हाँसेर जाने बताएका हुन् । 

हाँसेरै मन्त्रालय आएँ, हाँसेरै बिदा हुन्छु : मन्त्री चौधरी

बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताएका हुन् ।

चौधरीले मन्त्रीका रूपमा आफू सधैं नरहने कुरा प्रस्ट्याउँदै पदमा रहुन्जेल सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिबद्धतासमेत व्यक्त गरे ।‘माननीयजीहरूले शुभकामना दिने बेलामा धेरै महत्त्वपूर्ण सुझाव दिनु भएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ । मलाई क्लियर के छ भने मन्त्री हुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैंभरि रहन्नँ । जसरी हाँसेर आएको छु, जाँदाखेरी योभन्दा बढी हाँसेर जान्छु,’ उनले भने ।

मन्त्री चौधरीले सरकारले एक हप्ताभित्र ‘सहरी विकाससम्बन्धी नीति’ सार्वजनिक गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उनको भनाइ थियो ।

प्रकाशित : श्रावण ३, २०७९ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?