कांग्रेस बैठकमा आज निर्णय पारित हुने- समाचार - कान्तिपुर समाचार

कांग्रेस बैठकमा आज निर्णय पारित हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । गत सोमबारदेखि सुरु भएको बैठक आज छैटौँ दिन पनि बस्न लागेको हो ।

बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा पाँच दिनसम्म भएको छलफलको निष्कर्ष समेटेर निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने नेताहरुले बताएका छन् ।

प्रकाशित : श्रावण २, २०७९ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

पशुपतिनाथमा साउने सोमबारको श्रद्धा

तस्बिर : इलिट जोशी

काठमाडौँ — आज साउनको पहिलो सोमबार । देशभरका विभिन्न शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस पटक पाँचवटा सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे मनोकामना पूरा हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ । विशेषगरी महिलाले यसलाई बढी महत्त्व दिन्छन् ।

ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ । शिवलाई देवाधिदेव महादेवका रुपमा पुजिन्छ ।


प्रकाशित : श्रावण २, २०७९ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×