उपसभामुख भुसालद्वारा शपथ ग्रहण- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपसभामुख भुसालद्वारा शपथ ग्रहण

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले शपथ ग्रहण गरेकी छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित : श्रावण १, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

नेप्से २०११ अंकमा, १ अर्ब ३२ करोडको कारोबार 

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्थिक वर्ष २०७९/८० को पहिलो दिन सेयर बजारको परिसूचक नेप्से २०११ अंकमा कायम भएको छ । नेप्से जम्मा १.९ अंक बढेको हो । १ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भयो ।

बैंकिङ ८, जीवन बीमा १५, उत्पादन ४३ र ब्यापार उपसमूह १० अंक बढे । विकास बैंक १, फाइनान्स ११, होटल तथा पर्यटन ३१, जलविद्युत् २६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ६ र अन्य उपसमूह ६ अंक घटे । कुल ८४ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो । राधि विद्युतको मूल्य ५.४ प्रतिशत बढ्यो । प्रभु बैंक, नयाा सारथी लघुवित्त र कुमारी बैंकको मूल्य ४ प्रतिशत बढ्यो । प्रभु सेलेक्ट फण्डको मूल्य ९.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, हिमालयन डिस्टिलरी, अरुणकाबेली, एनआईसी एसिया बैंक र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण १, २०७९ १६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×