कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सभापतिले नगरेका १३ काम छन्, महामन्त्रीलाई दिनुस्, ७ दिनमा टुंग्याउँछौं : महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले विधानबमोजिमकै कामसमेत नगरेको आरोप लगाएका छन् । उनले सभापतिले काम नगर्दा त्यसको अपजस आफूहरुमाथि आइरहेको भन्दै सभापतिले गर्ने भनेर तोकिएका कामहरूमात्रै गर्न बाँकी रहेको बताए ।

सभापतिले नगरेका १३ काम छन्, महामन्त्रीलाई दिनुस्, ७ दिनमा टुंग्याउँछौं : महामन्त्री थापा

‘विधानले सभापतिले नै गर्ने भनेर तोकिएका १३ काम छन्, ती काम महामन्त्रीले गर्ने भनेर जिम्मेवारी दिनुस्, यो बैठक सकिएको सात दिनभित्र टुंग्याएर देखाउँछौं,’ शनिबारको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले भनेका छन् । उनले विधानबमोजिम सभापति देउवाले गर्न बाँकी रहेका कामकाे फेहरिस्त नै प्रस्तुत गरेका थिए ।

उनले सभापति देउवालाई आफूलाई मत नहाल्नेले पनि पार्टीभित्र जिम्मेवारी पाउँछ भनेर देखाउन चुनौती दिए । ‘हिजो बुढानीलकण्ठमा गुटको बैठक बसेर यहाँ आइपुगेकाले अहिले पार्टी प्यालेसमा बैठक बसेको भनेर चिच्याउनुको अर्थ छैन, घर हुनेले घरमा बस्छ, नहुने पार्टी प्यालेसमा बस्छ,’ थापाले अघि भने, ‘आफूलाई मत नहाल्नेले पनि जिम्मेवारी पाउँछ भन्ने देखाउनुस् त गुट आफैँ बन्द हुन्छन् ।’

महामन्त्री थापाले पार्टी सञ्चालनमा विधि नपुगेका ठाउँमा सभापतिलाई झक्झकाउने कोसिस गर्दा पार्टीभित्र भएका आलोचनाको खण्डन गरे । ‘पार्टी संचालनमा विधि नपुगेको ठाउँमा पार्टी सभापतिलाई झक्झकाउने हाम्रो प्रयासमा हैंसे गर्नुपर्नेमा उल्टो सभापतिको चाकडी गर्ने ? सभापतिलाई उकास्ने काम नगर्नुस्,’ थापाले खण्डनमा भनेका थिए ।

महामन्त्री थापाले राजनीतिमा विभिन्न पेसा व्यवसायबाट आउनेले पनि मौका पाउँछ भन्नेलाई ल्याटरल इन्ट्रीको ढोका खुला गर्नुपर्ने बताए ।

प्रकाशित : असार ३२, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?