'पोस्ट इलेक्सन' गठबन्धनको निर्क्योल हुनुपर्छ : सहमहामन्त्री परियार

काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले चुनावमा भन्दा सरकार निर्माणमा हुने गठबन्धन महत्वपूर्ण हुने बताएका छन् । उनले चुनावमा गठबन्धन गर्ने छलफल गर्दै गर्दा पोस्ट इलेक्सन गठबन्धनको निर्क्योल गुर्नपर्ने बताए । शनिबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सहमहामन्त्री परियारले प्रि–इलेक्सन गठबन्धनभन्दा पोष्ट इलेक्सन गठबन्धन महत्वपूर्ण हुने बताएका हुन् ।

'पोस्ट इलेक्सन' गठबन्धनको निर्क्योल हुनुपर्छ : सहमहामन्त्री परियार

उनले सभापति देउवाले अन्य दलसँगको गठबन्धनभन्दा पार्टीभित्रैको आन्तरिक एकतामा जोड दिनुपर्ने बताए ।

‘पार्टीमा सभापतिज्यूले प्रतिस्पर्धीहरूलाई हेर्ने नजर गलत छ । दलभित्रको आन्तरिक एकता मजबुद नभए अरु शक्तिसँग गरेको गठबन्धनको अर्थ हुँदैन,’ सहमहामन्त्री परियारलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘त्यसकारण सबै तहमा पार्टीका प्रतिस्पर्धीहरूको सम्मान हुनुपर्छ, तबमात्रै दलभित्रको आन्तरिक एकता मजबुद हुन्छ ।’

सहमहामन्त्री परियारले स्थानीय तह निर्वाचनमा टिकट बितरणमा त्रुटि भएको भन्दै संघ र प्रदेशको निर्वाचनमा त्यस्तो त्रुटि दोहोरिन नहुने बताए ।

‘टिकट वितरणमा कार्यकर्ताको न्याय गरौँ, अन्य दलसँग जस्तै पार्टीभित्रका शक्तिहरूबीचमा पनि सहकार्यको अभ्यास गरौँ, सम्मान गरौँ, तबमात्रै चुनावको नतिजा राम्रो आउन सक्छ,’ उनले भने ।

प्रकाशित : असार ३२, २०७९ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?