मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा : लिङ्देन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले पछिल्लो दिनमा सहायता, विकासको नाममा सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् । 

मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा : लिङ्देन

नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा

उनले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रहसमेत गरे । पृथ्वीनारायण शाहका दिव्य-उपदेशलाई अनुशरण गरेर अघि बढ्न सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि अध्यक्ष लिङ्देनले दाबी गरे ।

उनले सत्तास्वार्थकै लागि दलहरुले जेपनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढ्न गएको बताए । अध्यक्ष लिङ्देनले भने, ‘विदेशीहरुको समर्थन नलिइकन सत्तामा टिक्न सकिँदैन भन्ने मान्यतालाई बल दिन थाल्यौं भने त्यो त हस्तक्षेप बनेर आउने नै छ । त्यसकारण सबभन्दा पहिले नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भए पनि साझा मान्यताको रुपमा अगाडि लिएर जानुपर्दछ ।'

उनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटक-पटक दोहोर्‍याए ।


प्रकाशित : असार ३२, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?